काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीनओटा धितोपत्र दालाल व्यवसायी (ब्रोकर कम्पनी) लाई कारबाही गरेको छ । सेबोनले तोकेको समयमा विवरण नबुझाएकोले ती कम्पनीलाई कारबाही गरिएको हो ।
सेबोनको कारबाहीमा पर्ने धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र वार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम सेबोनले रू. १० हजार जरिवाना गरेको छ ।
त्यस्तै धितोपत्र दलाल व्यवसायीहरू त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लिमिटेड र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालिले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन समयमै पेश नगरेकोले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने उल्लिखित धितोपत्र दलाल व्यवसायीहरू प्रत्येकलाई सेबोनले रू. ७५ हजारका दरले जरिवाना गरेको जनाएको छ ।