ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अझै लोकप्रिय छ म्याग्दीको उखु पेल्ने कोल

२०७९ माघ, ४  
समाचार गण्डकी प्रदेश
Tvs Raider Image Not Found
सांकेतिक तस्वीर

म्याग्दी । पछिल्लो समय खेती किसानीदेखि घरायसी काममा प्रयोग हुने विभिन्न आधुनिक उपकरणको विकास भइरहेका छन् ।

विद्युत् र इन्धनबाट चल्ने त्यस्ता उपकरणले मानिसको श्रमशक्ति घटाएको छ भने समय र खर्चको पनि बचत गरेको छ । आधुनिक सामग्रीको विकास भए पनि कतिपय ठाउँमा अझै परम्परागत सामग्रीको प्रयोगमा कमी आएको छैन ।

जिल्लाको मंगला गाउँपालिका–२ सिममा रहेको उखु पेल्ने कोलको लोकप्रियता कायमै छ । विसं २०१९ मा स्थानीय खगेन्द्र केसीले कोल स्थापना गरेका थिए । हाल काठमाडौंमा बस्दै आएका उनले अहिले छिमेकी र घरकुरुवालाई कोल सञ्चालनको जिम्मा लगाएका छन् ।     

‘पचास वर्षअघि जसरी उखु पेल्न आउने गर्थे अहिले पनि त्यस्तै छ,’ खगेन्द्रका छिमेकीसमेत रहेका आफन्त दिपक केसीले भने, ‘उखु पेल्ने आधुनिक मेसिन विकास भए पनि यो कोलको महत्व र प्रयोग कायमै छ ।’

बेनी-दरबाङ सडकको छेउमै रहेको खगेन्द्रको घरमा हरेक वर्षको पुस र माघ महीना कोल जडान गरिन्छ । उक्त कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट कृषकहरू आउने गरेका छन् । कोलमा उखु पेलेबापत १५ लिटर बराबर रू. ८० शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ ।

‘कोलमा पेल्दा धेरै रस आउँछ, शुद्ध र राम्रो हुन्छ,’ मंगला–५ सिर्कुमकी लीलावती सापकोटाले भनिन्, ‘कोलमा पेलेको उखुको रस स्वस्थकर हुनाले डेढ घण्टा हिँडेर उखु पेल्न आउछौं ।’

कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाइन्छ । मंगला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकली सापकोटाका अनुसार चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोका लागि खुदो प्रयोग हुन्थ्यो । ‘खुदोलाई पूजाआजामा पनि प्रयोग गरिन्छ,’ उनले भनिन्, ‘त्यति बेला चिनी पाइँदैनथ्यो । गुलीयो बनाउन खुदो नै चाहिन्थ्यो ।’

मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्छन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीनजना जनशक्ति आवश्यक पर्छ । -रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro