ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

ठूलो बैंक हुँदा साना लगानीकर्ताले कर्जा नपाउने अवस्था आउन सक्छ : पूर्वगभर्नर क्षेत्री

२०७९ माघ, ४  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले वाणिज्य बैंकको ‘बिग मर्जर’पछि ठूलो बैंक हुँदा साना लगानीकर्ताहरूले कर्जा नपाउने अवस्था आउन सक्ने बताएका छन् ।

बुधवार (आज) न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘विगतमा पनि ठूला बैंकहरूले ५/१० लाख कर्जा माग्न विकास बैंकमा जानुस् भन्ने गरेका थिए,’ उनले भने । 

उनले बैंक तथा वित्तीय संस्थाहरू ‘बिग मर्जर’ हुँदा समाजवादोन्मुख अर्थतन्त्रमा मद्दत नपुग्ने दाबी गरे । ‘ठूला बैंक बनाउँदा ठूला व्यवसायीहरूको स्ट्याङ्थ बढ्यो । पूँजी, निक्षेप बढेर गयो । बैंकको लागत पनि कम हुन आउँछ । बैंकको लागतसँगै मध्यस्तताको लागत पनि घट्दा उपभोक्ताहरूले लाभ पाउन सक्छन् । थोरै मान्छे धेरै फाइदा पाउने धेरैले थोरै, उनीहरूले छाडेको मात्रै पाउँदा समाजवादोन्मुख अर्थतन्त्रमा लैजानलाई बैंकहरूको बिग मर्जरले मद्दत गर्दैन,’ उनले भने । 

सरकारले कृषिलाई प्राथमिकता दिएको अवस्थामा बैंकहरूले कृषिको लागि छुट्टै नीति ल्याएमा सरकारले भनेको जस्तै समाजवादोन्मुख अर्थतन्त्रमा जान सक्ने तर त्यस्तो नीति नल्याएको खण्डमा सफल हुन नसक्ने उनले दाबी गरे । अहिलेकै अवस्थाबाट नाफाका लागि मात्रै बैंकले हेर्ने हो भने समाजवादोन्मुख अर्थतन्त्र हुन नसक्ने उनको भनाइ छ । 

उनले बैंकहरू धेरै बलियो भए पनि नियामक निकायको कानूनी हैसियत माथि भएकाले नियामककोे निर्देशनभन्दा बाहिर जान बैंकहरु नसक्ने बताए । उनले जोखिमलाई न्यूनीकरण गर्नको लागि राष्ट्र बैंकले न्यायपूर्ण रूपमा नियमन गर्नुपर्ने बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro