ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मेगा बैंकसहित तीन कम्पनीको बोनस शेयर सूचीकृत

२०७९ माघ, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बुधवार नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मेगा बैंक नेपाल लिमिटेड, रु रु जल विद्युत् परियोजना लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । मेगा बैंकको ६४ लाख ४८ हजार १८४ दशमलव ५८ कित्ता र गुराँस लाइफको १५ लाख ५१ हजार २ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

त्यस्तै रु रु जलविद्युत परियोजनाको ४ लाख ४८ हजार ४७६ दशमलव शून्य ५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । अब यी बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

मेगा बैंकले पुस ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर र गुराँस लाइफले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ४४ प्रतिशत बोनस शेयर सूचीकृत गराएका हुन् ।  त्यस्तै रु रु जलविद्युत परियोजनाले कात्तिक ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro