ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नेप्सेमा सामान्य करेक्सन, करीब ५ अर्बको शेयर किनबेच

२०७९ माघ, ४  
लगानी नेप्से विश्लेषण
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  नेप्से परिसूचक बुधवार सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ९ दशमलव शून्य १ अंकले घटेर २ हजार १७३ दशमलव १० विन्दुमा कायम भयो । 
यस दिन कारोबारमा आएका २४८ धितोपत्रको १ करोड ३३ लाख ४ हजार १४० कित्ता ६९ हजार ६३७ पटकमा रू. ४ अर्ब ९२ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ ।

पछिल्लो समय बजार केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्नेहरू हाबी भएको देखिन्छ । सोही कारण पनि एक दिन बढेको भोलिपल्टै बजारमा सामान्य करेक्सन देखिएको छ । 

मंगलवार ३२ अंकले बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै यस दिन सामान्य करेक्सन आएको हो । यद्यपि कारोबार रकम भने बढेको छ । मंगलवार रू. ३ अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा बुधवार झण्डै रू. ५ अर्ब बराबरको शेयर खरीदविक्री भएको छ । 

पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरू बताउँछन् । आज पनि अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा रहेकाले जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको देखिन्छ । 

बुधवार पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२६ दशमलव ७० कायम भएको छ । त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ । 

बुधवार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत घटेर प्रतिकित्ता रू. ४ हजार ४९५ मा कायम भएको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ६ दशमलव ९२ प्रतिशत घटेर रू. ३७१ दशमलव २० कायम भएको छ । 

यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ३५ करोड ७८ लाख बराबर भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यस्तै अपि पावर कम्पनीको रू. १९ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ४६ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ८४ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव शून्य ९ प्रतिशत घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro