काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी दिएकी छन् । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर उनले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला छन् ।
उनलाई माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ । सभामुखको निर्वाचन भोलि हुँदैछ ।