काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
बुधबार अपराह्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषदको बैठकले सञ्चारमन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।