ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘एनआईबिएल ग्रोथ फन्ड’को इकाइ बाँडफाँट

२०७९ माघ, ५  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । ‘एनआईबिएल ग्रोथ फन्ड’ योजनाको इकाइ बाँडफाँट गरिएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले मंगलवार उक्त योजनाको इकाइ बाँडफाँट गरेको हो ।

सर्वसाधारणमा जारी गरिएको १२ करोड ८० लाख इकाइ खरीदका लागि आवेदन दिने ४२ हजार ६० आवेदकलाई ९ करोड ९३ लाख ६७ हजार ९०० इकाइ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । फन्डको १० रुपैयाँ अंकित दरको १६ करोड इकाइ पुस ७ देखि २१ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो । त्यसमध्ये बीज पूँजीबापत १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाइ कोष प्रवद्र्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड)का लागि गरी ३ करोड २० लाख इकाइ सुरक्षित राखिएको थियो । बाँकी १२ करोड ८० लाख इकाइ खरीदका लागि सर्वसाधारणबाट माग आवेदन आह्वान गरिएको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro