ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

असन इन्भेष्टमेण्ट कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

२०७९ माघ, ५  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । असन इन्भेष्टमेण्ट कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत बिहीवार सम्पन्न सभाबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले प्रस्तुत गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । त्यस्तै गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण पारित भएको छ । सभामा कम्पनीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौतमकाजी तुलाधरले प्रस्तुत गरेका थिए ।

कम्पनीका अध्यक्ष तुलाधरले कम्पनीले आफ्नो भवन निर्माण गर्ने कार्यक्रम रहेको बताए । कम्पनीको भवन असनमै निर्माण हुनेछ । भवन निर्माणका लागि कम्पनीले असनमा जग्गासमेत खरीद गरिसकेको जानकारी उनले दिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro