काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
गत माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५५ करोड २५ लाख ८९ हजार रहेको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।