ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

बाह्रबिसे नगरपालिकाका गोरु पाल्ने कृषकले पाए अनुदान

२०७९ माघ, ५  
समाचार
Tvs Raider Image Not Found
सांकेतिक तस्वीर

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले गोरु पाल्ने ७७६ कृषकलाई प्रोत्साहनस्वरूप रू. १० हजार अनुदान दिएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जैविक कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनतासँग नगर प्रमुख कार्यक्रममार्फत कृषकलाई अनुदान दिइएको हो ।

नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार भौगोलिक अवस्थाका कारण ट्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरुपालक कृषकलाई अनुदान रकम प्रदान गरिएको हो । 

नगर प्रमुख बस्नेतका अनुसार अनुदान लिनका लागि गोरुको अनिवार्य बीमा गरेको हुनुपर्नेछ । अनुदानका लागि नगरपालिकाले रू. दुई करोड ५० लाखभन्दा बढी रकम कृषिमा छुट्याएको छ । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro