काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद चन्द्रकान्त (सिके) राउतले मधेश आन्दोलनका शहिदको सम्झनामा संसद भवन भित्र रोष्ट्रममै उभिएर १ मिनेट मौन धारण गरेका छन् ।
सभामुख चयनको लागि जारी संसद बैठकमा बोल्दै राउतले मधेश आन्दोलनका शहिदलाई सम्मान ग्दै १ मिनेट मौन धारण गरेको बताएका छन् ।
उनले मौन धारण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृह मन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका सांसद डा. शेखर कोइराला र मधेशवादी दलका सांसदहरूले मात्रै उठेर मौन धारण गरेका थिए ।
अन्य दल र दलका सांसदले भने मौनधारण गरेनन् ।