ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सीडीएससीमा दर्ता गराए कुमारी र एनसीसीले मर्जरपछि कायम शेयर

२०७९ माघ, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा दर्ता गराएका छन् । 

मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नामबाट माघ ४ गते सीडीएससीमा दर्ता भएको हो । सीडीएससीका अनुसार साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर दर्ता भएको हो । 

कम्पनीले मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गर्नुपूर्व सीडीएससीमा दर्ता गरेको हो । अब दोस्रो बजारमा दर्ता प्रक्रिया पूरा भएपछि उल्लिखित शेयर कारोबारमा आउनेछ । पछिल्लो समय जारी भएको मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम बैंकले शेयर कारोबार खुला गर्ने व्यवस्था मिलाएको हो ।

गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकले तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू गरेका हुन् । कुमारी र एनसीसी बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro