ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

मेरो माइक्रोफाइनान्सको साधारण सभा शुक्रवार, २० प्रतिशत लाभांश प्रस्ताव पारित हुँदै

२०७९ माघ, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ६ गते शुक्रवार दशौं वार्षिक साधारण सभा बोलाएको छ । 

क्राउन होटल हारती, नुवाकोटमा बिहान ११ः३० बजे सभा शुुरू हुनेछ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गरेको छ । 

यसको आधारमा पुुस २१ गतेसम्म कायम शेयरधनीमात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य छन् । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष बोनस शेयरमा जोड दिएको कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro