ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एमालेका देवराज घिमिरे बने सभामुख, गणतन्त्रपछिको पाँचौ सभामुख पनि कम्युनिस्ट पार्टीबाटै

२०७९ माघ, ५  
समाचार
Tvs Raider Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । संघीय संसदको सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरे विजयी भएका छन् । बिहीवार सभामुख चयनका लागि  भएको मतदानमा घिमिरेले १६७ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी रहेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपनेको पक्षमा १०० मत परेको छ । 

यो संगै गणतन्त्रको पछिको पाँचौ सभामुख पनि कम्युनिष्ट पृष्ठभूमिबाटै चयन भएका छन । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरीको उम्मेदवारीमाथि छलफल नै भएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro