ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एकीकृत कारोबारको तीन महीनामा सूचीकृत भयो सानिमा जिआईसी इन्स्योरेन्सको मर्जरपछिको शेयर 

२०७९ माघ, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत असार ३० गतेदेखि रोक्का रहेको साविक सानिमा जनरल इन्स्योरेन्स र साविक जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । साविक यी दुई कम्पनीबीच मर्जर प्रक्रिया पूरा भई गत कात्तिक ७ गतेदेखि सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो । 

एकीकृत कारोबार भएको तीन महीनामा कम्पनीले मर्जरपछि कायम शेयर सानिमा जिआईसी इन्स्योरेन्सको नाममा माघ ५ गते सूचीकृत गराएको छ । नेप्सेले कम्पनीको शेयर सूचीकृत भएसँगै रोक्का रहेको शेयर कारोबारसमेत फुकुवा गर्ने निर्णय गरेको हो । कम्पनीले बिहीवार २ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब यी दुवै कम्पनीका शेयरधनीहरूले सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट शेयर कारोबार गर्न पाउनेछन् । नेप्सेले सानिमा जिआईसीको पहिलो कारोबारका लागि रू. ३६७ दशमलव ५० को मूल्य रेञ्ज तोकेको छ ।

मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका लागू हुनुअघि यी कम्पनीले एकीकृत कारोबार शुरू गरेका हुन् । यसर्थ पनि पछिल्लो व्यवस्थाअनुसार एकीकृत कारोबारको बढीमा १५ दिनमात्र कारोबार रोक्का हुनुपर्ने व्यवस्था लागू गर्न यो कम्पनीलाई दबाब भने नपरेको देखिन्छ ।

सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स समान हैसियतमा एक भएका हुन् । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स दुवैको चुक्तापूँजी समान रू. १÷१अर्ब रहेको थियो । दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. २ अर्ब पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro