ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

२०७९ माघ, ६  
लुम्बिनी प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

रूपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीवार बसेको प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । आठ राजनीतिक दलका सहित दुई स्वतन्त्र सांसदले गिरीलाई विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री गिरीलाई एमालेका २९, नेकपा माओवादी केन्द्रका आठ, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र दुई सांसदसहित ५७ जनाको विश्वासको मत प्राप्त भएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराको आमाको निधन भएकाले उनी सभामा अनुपस्थित थिए । सभामुख तुलाराम घर्ती पनि मतदानमा सहभागी भएका थिएनन् । बाँकी २८ सांसदले गिरीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नदिनेमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक सांसद छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro