ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘एनआईबिएल सहभागिता फण्ड’को आकार बढ्यो

२०७९ माघ, ६  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । ‘एनआईबिएल सहभागिता फण्ड’ योजनाको आकार बढाएर रू. २ अर्बको कायम गरिएको छ । नेपाल धितोपत्र बोर्डबाट थप १० करोड इकाइ जारी गर्न सक्ने स्वीकृति पाएसँगै योजनाको आकार रू. २ अर्ब कायम भएको कम्पनीले बताएको छ । यसअघि १० करोड इकाइसम्म जारी गर्न सक्ने योजनाको आकार रू. १ अर्बले बढाउँदै थप १० करोड इकाइसम्म जारी गर्न सक्ने बनाइएको हो ।

लगानीकर्ताको माग अनुसार योजनाको आकार बढाइएको योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ । पुस १७ गतेदेखि लागू हुनेगरी थप १० करोड इकाइ जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro