काठमाडौं । आज (शुक्रवार)देखि ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तरराष्ट्रिय प्रदर्शनी’ हुने भएको छ । विभिन्न संस्थाको संयुक्त आयोजनामा हुने प्रदर्शनी ऊर्जा, विद्युत्, स्वास्थ्योपचार तथा औषधि लक्षित रहेको छ । प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । प्रदर्शनीमा स्वदेशी तथा विदेशी १०० भन्दा बढी कम्पनीको स्टल रहने जानकारी दिइएको छ ।