ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

२०७९ माघ, ६  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक र धादिङको नीलकण्ठ नगरपालिकाबीच सम्झौता गरिएको छ । उद्यमशीलता कार्यक्रमअन्तर्गत नगरवासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो । सम्झौतापत्रमा नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुंगाना र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले नीलकण्ठ नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम लिएका नगरवासीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । नगरपालिकाको सिफारिशमा दिइने कर्जा व्यावसायिक बाख्रापालन, डेरी, तरकारीखेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलको उत्पादनलगायत लघु उद्यम लक्षित हुने बैंकले बताएको छ । सोही अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि गरेको थियो । मुलुकभर सबै जिल्लामा शाखा सञ्चालन गरिरहेको बैंकले ३६७ एटीएम र २८६ शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro