ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

राष्ट्रिय वाणिज्य बैंक र घोराही उपमहानगरपालिकाबीच सम्झौता

२०७९ माघ, ६  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र दाङको घोराही उपमहानगरपालिकाबीच सहुलियतपूर्ण कर्जा सम्बन्धमा सम्झौता गरिएको छ । बिहीवार सम्पन्न सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालीमको व्यवस्थापन गर्नेछ । तालीम लिएका व्यक्तिलाई उद्यम गर्न कर्जाका लागि उपमहानगरपालिकाले गरेको सिफारिशका आधारमा बैंकले कर्जा उपलब्ध गराउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro