काठमाडौं । चीनलगायतका मुलुकमा सामान निर्यात गर्दै आएको सिल्क एक्स्पोर्ट र क्लासिक ग्रूपबीच व्यापारिक सम्झौता गरिएको छ । सम्झौताअनुसार क्लासिक ग्रूपले उत्पादन गरेका म्याट्रेस, सिरक, बेडसिटलगायत सामान सिल्क एक्स्पोर्टले तिब्बत लगायतको क्षेत्रमा बजारीकरण गर्नेछ ।
सम्झौताले निर्यात प्रवद्र्धन भई मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न सघाउ पुग्ने क्लासिक ग्रूपका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले बताए । यसअघि कोभिड लगायतका कारण चीनसँगको व्यापारमा संकुचन आए पनि अबका दिनमा बढ्ने अपेक्षा गरिएको उनको भनाइ थियो ।