ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

‘निजीक्षेत्रको भनाइ जनतामा पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण’

२०७९ माघ, ६  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजीक्षेत्रका भनाइ जनमानसमा पुर्‍याउन सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मानमा चेम्बरद्वारा आयोजित स्वागत कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा इकोनोमिक मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए ।

सरकारले प्रतिबद्धता गरेका कतिपय सुविधा व्यवहारमा उपलब्ध हुन नसकेको भन्दै अध्यक्ष मल्लले यसको चुस्त कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घच्घच्याउने काम मिडियाले गर्नुपर्ने बताए । आर्थिक मुद्दामा निजीक्षेत्र र इकोनोमिक मिडियाको समान दायित्व भएकाले सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो ।

उक्त अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजीक्षेत्रसँग समन्वय गर्ने र निजीक्षेत्रका चुनौतीहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले यो संस्थाको स्थापना भएको बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल, उपाध्यक्ष उर्मिला श्रेष्ठसहित इकोनोमिक मिडिया सोसाइटीका अन्य पदाधिकारीहरूको समेत सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro