ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

दोस्रो त्रैमासमा निफ्राले कमायो करीब ७७ करोड नाफा, खुद नाफा कति ? 

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

 काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस त्रैमाससम्म ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीले खुद नाफा ७३ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४४ करोड २६ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा बढेको छ ।

गत वर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने ६० करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ । ८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी २१ अर्ब ६० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम भने यस वर्ष ४१ दशमलव ३० प्रतिशत घटेर १ अर्ब ६६ करोड ९६ लाखमा सीमित भएको छ ।

कम्पनीले गत वर्षको भन्दा ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १४३ दशमलव ६३ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३३ करोड ७७ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ५७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको हो । 

त्यस्तै गत वर्ष ८ अर्ब १३ करोड ६४ लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष १९ अर्ब ८२ करोड ३० लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले धितोपत्रमा ५ करोड रूपैयाँ लगानी गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ ७३ पैसा रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro