ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एनआरएन इन्फ्रास्ट्रक्चरका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव २६ प्रतिशत नगद लाभांश(कर सहित) शेयरधनीको बैंक खातामा जम्मा गदिएको हो ।

कम्पनीले पुस २४ गते देखि सम्बन्धीत शेयरधनीको हितग्राही खतामा उपलब्ध गराएको बैंक खातामा क्रमश जम्मा गरिदिएको जानकारी गराएको छ । 

हालसम्म पनि  हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र अभौतिकीकरण गराई बैंक खाताको विवरण अद्यावधिक गरेपछि मात्र बैंक खातामा नगद लाभांश जम्मा हुनेछ । शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro