ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सत्ता गठबन्धनले उपसभामुख रास्वपालाई दिने, इन्दिरा रानामगर नयाँ उपसभामुख उम्मेदवार

२०७९ माघ, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो ।

उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रस्तावक रहने छिन् । झापाकी मगर समानुपातिक सांसद हुन ।

उपसभामुखमा यसअघि सांसद सोविता गौतमको चर्चा भएपनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा चिनिएको र कानूनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताएकी छिन् । 

‘इन्दिरा रानामगरलाई पठाउने निर्णय गरेका छौँ । जसको प्रस्तावक सोविता गौतम बसेर राष्ट्रिय मात्रै होइन, अन्तरराष्ट्रिय रुपमा नै चिनेको मान्छे उहाँको विज्ञतालाई उजागर गरेर उहाँलाई पठाउने निर्णय गरेको छ । पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो,’ उनले भनिन् 

त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानूनको अध्ययन नगरेको भएपनि कानूनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताइन् । ‘म यो क्षेत्रमा देशमा केही परिवर्तन गरौँ भनेर आएको हो । म प्रत्येक वर्ष अन्तरराष्ट्रिय अवार्डहरू दाबी गरिरहेको मान्छे हो । कानून नपढेपनि जेलदेखि बालबालिका, मानव अधिकारका थुप्रै क्षेत्रहरुको अनुभव ३३ वर्षमा गरेको छु,’ मगरले भनिनन् ।

उपसभामुखका लागि शनिवार निर्वाचन हुँदैछ । आज उपसभामुखको उम्मेदवारी दिनुपर्नेछ । सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाएसँगै प्रतिपक्ष दलहरु पनि उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बसिरहेका छन् । 

हिजो मात्रै भएको सभामुख निर्वाचनमा सत्ता गठबन्धनलाई प्राप्त मतलाई आधार मान्दा उपसभामुखमा मगर विजयी हुने देखिन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro