ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

आइसिएफसी फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश ( कर सहित) शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिदिएको हो । कम्पनीले पुस २९ गते देखिनै आइपिएस मार्फत जम्मा गरिदिएको कम्पनीले जानकारी दिएको छ ।

 हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गराएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुने छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro