ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

दरम खोला हाइड्रोले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

२०७९ माघ, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले रू. १ सय अंकित दरको ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र कम्पनीको तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका हुन । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । 
कम्पनीले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिका वडा नंं. ११ मा ९ दशमलव ६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ । यो जलविद्युत आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro