ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

प्रतिकूल मौसमले हवाई उडान प्रभावित, काठमाडौंका लागि उडेका जहाँज अन्यत्रै 'डाइभर्ट'

२०७९ माघ, ६  
समाचार यातायात
Tvs Raider Image Not Found

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तरराष्ट्रिय दुबैतर्फका उडान प्रभावित भएका छन् । अहिले मौसम विस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ । 

आज बिहान भिजिबिलिटी कम हुँदा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसकी भारतको कोलकात्ता ‘डाइभर्ट’ भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।

त्यस्तै भारतको मुम्बइबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो । मौसम अनुकूल बन्दै गएकाले अहिले उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro