काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आईपीओमा रू.१ अर्ब ६६ करोड बराबरको आवेदन परेको छ । सिडिएस क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३५ सम्ममा १४ लाख ३२ हजार ८८१ जना आवेदकले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका हुन । यो आवेदन माग भन्दा १८ दशमलव ५२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत ८ लाख ९६ हजार ४०० कित्ता शेयर विक्रीमा ल्याएको हो । सार्वजनिक निष्कासनमार्फत विक्री गरिने शेयर भाग्यमानी ८९ हजार ६४० जना योग्य आवेदकले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले हात पार्नेछन् ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरीे बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा विक्री खुला गरेको थियो । ।