ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सिन्धुलीको सुन्तला विक्री बढ्दो

२०७९ माघ, ७  
मधेश प्रदेश
Tvs Raider NA
author avatar अभियान संवाददाता

जनकपुरधाम  । जनकपुरमा सिन्धुलीबाट आएको सुन्तलाको विक्री बढेको छ । जनकपुरधामका शिवचोकदेखि रामचोकसम्म रहेका फलफूल पसलहरूमा सिन्धुलीको सुन्तला खरीद गर्नेहरू बढेका छन् । मङ्सिरदेखि माघसम्म सिन्धुलीबाट आएको सुन्तला दैनिक १० क्विन्टल विक्री हुने गरेको जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवले बताए ।

जनकपुरमा सिन्धुलीको सुन्तलाको माग धान्नै गाह्रो हुने गरेको संघका अध्यक्ष यादवले बताए । सिजनमा सिन्धुलीको सुन्तला ५० लाख रुपैयाँसम्मको व्यापार हुने गरेको उनको भनाइ छ । मङ्सिरमा प्रतिकेजी ६० रुपैयाँ रहेको सिन्धुलीको सुन्तलाको मूल्य अहिले १३० रुपैयाँसम्म रहेको छ ।

सिन्धुली लगायत पहाडी जिल्लामा उत्पादित सुन्तलाको माग जनकपुरमा बढेको यादवले बताए । यस क्षेत्रमा उच्च क्षमताको कोल्ड स्टोर नहुँदा सुन्तला धेरै समयसम्म राख्न नसकिएको उनको भनाइ छ । जनकपुरमा व्यवस्थित फलफूल बजारका साथै कोल्ड स्टोर निर्माण भए व्यवसायी र कृषक समेत लाभान्वित हुने उनले बताए । यसका लागि स्थानीय तह प्रदेश सरकार र संघ सरकारले वजेटकै व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro