काठमाडौं । होटल रोयल सिंगीले २५औं वार्षिकोत्सव मनाएको छ । आतिथ्य सेवामा २५ वर्ष पूरा गरेको अवसरमा शुक्रवार होटलको वार्षिकोत्सव कार्यक्रम गरिएको छ । होटलले ट्राभल तथा टुर अपरेटर, कर्पोरेट र व्यापारिक घरानाहरूमा संलग्न व्यक्तिहरूको सहभागितामा वार्षिकोत्सव मनाएको हो ।
होटल सञ्चालक एवम् अध्यक्ष टासी घलेले उत्कृष्ट नेपाली आतिथ्य प्रदान गर्ने लक्ष्यका साथ स्थापित होटलसँग सहयात्रा गर्ने सबै ट्राभल र ट्रेकिङ अपरेटर, एयरलाइन्स, कर्पोरेट हाउस, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, संघसंस्था र अतिथिहरूप्रति कृतज्ञता व्यक्त गरे । होटल रोयल सिंगीले अझै स्तरीय रूपमा समयानुकूल आतिथ्य सेवा प्रदान गर्ने उनले बताए । होटलको २५ वर्षे यात्रालाई परम्परा, विकास र विरासतको रूपमा स्थापित गर्दै पाहुनालाई विशेष सुविधा उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । आगामी फेब्रुअरी १ गते अतिथिहरूले होटलका विभिन्न सेवामा विभिन्न छूट पाउने उनको भनाइ थियो ।