ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

राजमार्गमा फोहोर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

२०७९ माघ, ७  
बागमती प्रदेश
Tvs Raider Image Not Found

धुलिखेल । काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहोर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्गमा फोहोरजन्य सामग्री  फालेमा कारबाही गर्ने निर्णय गर्दै सचेत हुन आग्रह गरेको छ ।

सो राजमार्ग भएर यात्रा गर्ने सवारीसाधनले जथाभावी फोहोरजन्य सामग्री फाल्न थालेपछि नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार सो निर्णय गरिएको नगर प्रमुख कुन्साङ लामाले बताए । उनका अनुसार पालिकाले राजमार्ग सरसफाइ अभियानसमेत सञ्चालन गरिरहेको छ ।

तत्कालन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सार्वजनिक सवारीसाधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा समझदारी भएको थियो । यात्राका क्रममा प्रयोग गर्ने पानीका बोतल, खानेकुराका अवशेष, प्लास्टिकका झोला आदि फोहोरमैलाजन्य वस्तु झ्यालबाट फ्याँक्ने गरिएकाले त्यस्ता कार्य रोक्ने कार्यविधि बनाएको छ ।

अटेर गर्ने सवारी चालक तथा यात्रुलाई फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम कारबाही गरिने समझदारीमा उल्लेख छ । नगरपालिकाले बुधवार एक कार्यक्रम आयोजना गर्दै सवारी चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै सचेतनामूलक स्टिकरसमेत टाँसेको थियो ।

नियम पालना गरे/नगरेको निगरानी गर्ने र पालना नगरेको पाइएमा कारबाही गर्ने नगरपालिका प्रशासनले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro