ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

होटल संघ नेपाल रौतहटको अध्यक्षमा राउत

२०७९ माघ, ७  
मधेश प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । होटल संघ नेपाल (हान) रौतहटको अध्यक्षमा शिवराम राउत निर्वाचित भएका छन् । होटल तथा पर्यटन व्यवसायीको जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

राउत चन्द्रनिगाहपुरस्थित होटल पशुपतिका सञ्चालक हुन् । हान रौतहटको कार्य समितिमा वरिष्ठ उपाध्यक्ष अरविन्द चौधरी, उपाध्यक्ष अमर श्रेष्ठ, महासचिव मदन तिमल्सिना, सचिव यज्ञ थापा र कोषाध्यक्ष गंगा खड्का चयन भएका छन् । होटल व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हीरालाल गौतमले होटल तथा पर्यटन व्यवसायीको समस्या समाधानका लागि पहल गर्न महासंघ तयार रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro