ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको प्रभु बैंकको नाफा करीब ५ % घट्यो 

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पुस २६ गतेदेखि एकीकृत कारोबार गरेको उक्त कम्पनीको खुद नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २६ करोड २० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे १२ प्रतिशत घट्दा खुद नाफामा असर परेको हो । गत वर्ष १ अर्ब ८६ करोड ८१ लाख रूपैयाँभन्दा बढी  सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ६३ करोड ४१ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रहेको छ ।

जगेडा कोष रकम भने ९ अर्ब ८ करोड रूपैयाँभन्दा बढी रहेको छ । कम्पनीको निक्षेप संकलन गत वर्षकोभन्दा ५१ दशमलव ६५ प्रतिशत बढी र कर्जा प्रवाह ६८ दशमलव ७९ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब ४५ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष १ दशमलव २३ प्रतिशत रहेको निष्क्रिय कर्जा अुनपात यस वर्ष १ दशमलव ९८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ १९ पैसा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ १२ पैसा छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro