ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

प्रभु बैंकको नाफा करिब ५ प्रतिशत घट्यो 

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पुस २६ गतेदेखि एकीकृत कारोबार गरेको यस बैंकको खुद नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब २६ करोड २० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा साढे १२ प्रतिशत घट्दा खुद नाफामा असर परेको हो । गत वर्ष १ अर्ब ८६ करोड ८१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ६३ करोड ४१ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रूपैयाँभन्दा बढी छ । 

हाल बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रहेको छ । जगेडा कोष रकम भने ९ अर्ब ८ करोड रूपैयाँभन्दा बढी रहेको छ । बैंकको निक्षेप संकलन गत वर्षकोभन्दा ५१ दशमलव ६५ प्रतिशत बढी र कर्जा प्रवाह ६८ दशमलव ७९ प्रतिशत बढी भएको छ । यस वर्ष बैंकले २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने २ खर्ब ४५ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

गत वर्ष १ दशमलव २३ प्रतिशत रहेको निष्क्रिय कर्जा अुनपात यस वर्ष १ दशमलव ९८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ १९ पैसा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ १२ पैसा छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro