ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

नगद लाभांश मात्र वितरण गरेको सिटिजन्स बैंकको नाफा यस वर्ष ३२ प्रतिशत घट्यो 

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ३२ दशमलव ११ प्रतिशत कम नाफा कमाएको छ । गत वर्ष १ अर्ब २३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष ८४ करोड १३ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष ७ करोड २३ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ६१ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको हो । यसका कारण गत वर्ष १ अर्ब ६९ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २९ दशमलव ७१ प्रतिशत कम १ अर्ब १९ करोड १९ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । 

करसमेत ९ प्रतिशत नगद लाभांश गत वर्षको मुनाफाबाट वितरण गरेको यस बैंकको चुक्तापूँजी हाल १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँ छ । बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ५ करोड ५७ लाख रूपैयाँभन्दा बढी छ । रिटेन्ड अर्निङ १० करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम ५ अर्ब ६४ करोड ७२ लाख रूपैयाँभन्दा बढी छ ।

बैंकले यस वर्ष गत वर्षभन्दा ४ दशमलव ३७ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष १ खर्ब ५९ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

बैंकको निष्क्रिय कर्जा अुनपात गत वर्षभन्दा बढेको छ । गत वर्ष १ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९९ प्रतिशत पुगेको हो । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ ५२ पैसा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro