ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

हिमालयन बैंकले प्राप्ति गर्न लागेको सिभिल बैंकले ६ महीनामा कमायो करीब ६४ करोड नाफा 

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हिमालयन बैंकले प्राप्ति गर्न लागेको सिभिल बैंकले चालू आर्थिक वर्षको ६ महीनामा ६३ करोड ७० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको भन्दा बैंकको खुद नाफा २६ दशमलव ३९ प्रतिशत बढी भएको हो ।

गत वर्ष यस अवधिमा बैंकले ५० करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष बैंकको सञ्चालन नाफा साढे २८ प्रतिशत बढेको छ । गत वर्ष ७३ करोड २२ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष ९४ करोड ९ लाख रूपैयाँभन्दा बढी भएको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख रूपैयाँभन्दा बढी छ ।

बैंकको चुक्तापूँँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रूपैयाँ छ । रिटेन्ड अर्निङ ४३ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड ३९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष बैंकको निक्षेप संकलन शून्य दशमलव २३ प्रतिशत र कर्जा प्रवाह १ दशमलव २७ प्रतिशत बढेको छ । बैंकले ९४ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ८४ अर्ब ८ करोड १७ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९४ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रूपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रूपैयाँ ९६ पैसा छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro