ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

एभरेष्ट बैंकको नाफा ८९ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा करीब ३ अर्ब 

२०७९ माघ, ७  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ५८ करोड ८० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा ८९ दशमलव २९ प्रतिशत बढी भएको हो ।

गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष बैंकको सञ्चालन नाफा ८९ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब १९ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको सञ्चालन नाफा यस वर्ष २ अर्ब २६ करोड रूपैयाँभन्दा बढी भएको हो ।

बैंकको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने २ अर्ब ८४ करोड ६९ लाख रूपैयाँभन्दा बढी छ । १३ प्रतिशत बोनस शेयरमार्फत बैंकको चुक्तापूँजी वृद्धि भई १० अर्ब ६९ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।

बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ अर्ब ९० करोड रूपैयाँभन्दा बढी छ । गत वर्षभन्दा यस वर्ष बैंकले ४ दशमलव ६६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकले १ खर्ब ८० अर्ब ७९ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने १ खर्ब ५७ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

गत वर्ष शून्य दशमलव २६ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ५५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ ३९ पैसा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro