ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कांग्रेस सांसद खतिवडाको आरोप– फरार सांसदलाई पक्राउ गर्नुको साटो गृहमन्त्री विज्ञप्तिबाजीमा लाग्नुभो !

२०७९ माघ, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फौजदारी अभियोग लागेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्नुको साटो गृहमन्त्री रवि लामिछाने विज्ञप्तिबाजीमा लागेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभाको शनिवारको बैठकमा बोल्दै सांसद खतिवडाले फरार प्रतिवादी सांसदलाई पक्राउ गर्नुको साटो विज्ञप्तिवाजी गर्नु अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने बताएका हुन् । 

 ‘जे काम हो, त्यो गरौं। सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी र मिडियाबाजीमा नलागौं, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खतिवडाले भने, ‘जनताको माझमा अर्को नाटक, प्रहसन नगरौं । जनतालाई मुर्ख बनाउने काम नगरियोस् । गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन ।’

फरार अभियुक्त खुलेआम संसद्मा आउँदा पनि पक्राउ नपरेको भन्दै उनले आपत्ति जनाए । गत पुस २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनका लागि गृहमन्त्री लामिछानेले १७० नम्बर र फरार अभियुक्तसमेत रहेका सांसद् कोइरीले १९४ मा हस्ताक्षर गरेको खतिवडाको दाबी छ । 

उक्त दिन पक्राउ नपरेका सांसद कोइरीलाई पक्रिन गृह मन्त्रालयले हिजो प्रेस विज्ञप्तिमार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro