काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री नै नेपालको संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् ।
‘आज पनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैं, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैं अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्वप्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँ ढुकेर बसिरहनुभएको छ,’ उनले भने, ‘यस्ता व्यक्तिहरूको संसदमा जबरजस्तरूपमा उपस्थिति भयो भने नेपालको संविधान च्यातिन सक्छ ।’