ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

रास्वपाकी इन्दिरा राना मगर उपसभामुख निर्वाचित 

२०७९ माघ, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन् ।

शनिवारको प्रतिनिधिसभा बैठकले सत्ता गठबन्धनकी उम्मेदवार रास्वपाकै सांसद मगरलाई उपसभामुख निर्वाचित गरेको हो । बैठकमा उपस्थित २६४ सांसदमध्ये उनको पक्षमा १६६ र विपक्षमा ९७ मत खस्यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे ।

इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सत्तारुढ गठबन्धनका दलहरूले मत दिएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro