ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

२०७९ माघ, ८  
बागमती प्रदेश
Tvs Raider NA

चितवन । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा विद्युत् तार भूमिगत तथा सुदृढीकरण गर्ने भएको छ । यसका लागि नक्सांकन, निरीक्षण, माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार आन्तरिक तयारीमा समय लागेकाले काम शुरू गर्न ढिलाइ भएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए ।

‘फिल्डमा काम माघ १६ गतेदेखि हुन्छ । अहिले आवश्यक मजदूर र उपकरण तयारी गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कामको शुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उनले बताए ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस टर्मिनल–गोन्द्राङ र , केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । रू. एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ ।

भरतपुर बाइपास सडक र पुलचोकदेखि केन्द्रीय बस टर्मिनलसम्मका सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभीए क्षमताको तार पहिलो चरणमा भूमिगत गरिनेछ । काम गर्दा खनिएका सडक मर्मत गरिने भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए ।

भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो काम प्राधिकरणका तर्फबाट पावर ग्रिड कम्पनीले हेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिगत विद्युतीकरणको काम अब तीव्र गतिमा हुने बताइन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro