ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

अस्तव्यस्त बन्दै पोखराको न्यूरोड

२०७९ माघ, ८  
गण्डकी प्रदेश
Tvs Raider NA

कास्की । पोखराको सभागृहचोकदेखि बिपीचोकसम्मको दूरी एक हजार पाँच सय मिटर छ । तुलनात्मक रूपमा पोखराको अन्य सडकभन्दा फराकिलो छ यहाँको सडकखण्ड । पोखराको व्यस्त सडकमध्ये एक हो यो सडक । सोहीकारण सवारीसाधनको चाप बढी हुनुका साथै यात्रुको ओहोरदोहोर पनि धेरै हुन्छ । चाक्लो सडकमा चालकहरू सवारी नियम तथा लेनको वास्तै नगरी अन्य सवारीसाधनलाई उछिन्न खोज्छन् । यसले गर्दा साना, ठूला सवारी दुर्घटना बढिरहेका छन् ।

सडकमा हुने यस्ता दुर्घटना न्यूनीकरण हुन नसकेपछि समस्या समाधानका लागि महानगरसम्म पुगेको थियो ट्राफिक प्रहरी । ट्राफिक प्रहरीको पहलमा पोखरा महानगरपालिकाले ट्राफिक लाइटका लागि पोलसँगै डिभाइडर राख्ने काम शुरू भइसकेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । करीब तीन महीनामा सक्ने गरी सभागृहचोकदेखि बिपीचोकसम्म गार्डेनिङसहितको डिभाइडरमा सडकबत्ती राख्ने काम शुरू गरिएको जानकारी उनले दिए । यसले सवारी दुर्घटनामा पनि कमी आउने आचार्यले बताए ।

बत्तीसहितको डिभाइडर राख्ने काम सकिएपछि ट्राफिक व्यवस्थापनमा सहज हुने ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक प्रकाश शाहले बताए । ‘हामीले आवश्यक ठाउँमा मात्र क्रसिङ दिएका छौं । यसले चालकलाई कहाँबाट दाहिने–देब्रे गर्ने, कहाँबाट यू टर्न गर्ने भन्नेमा सचेत गराउँछ,’ उनले भने । तर पछिल्लो समय सुन्दरता बढाउन र सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेको काममा ढिलासुस्ती हुँदा शहर थप अस्तव्यस्त बनेको छ भने दुर्घटनाको जोखिम पनि बढेको स्थानीय बताउँछन् ।

डिभाइडर र सडकबत्ती राख्ने काम छुट्टाछुट्टै कम्पनीले गरिहेका छन् । सडक बत्तीको ठेक्का पाएको कम्पनीले काम लगभग सकिसकेको छ । डिभाइडर बनाउने ठेक्का पाएको निर्माण कम्पनीले आधा काम पनि नगर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै धूलोले सास्ती भएको न्यूरोडका व्यवसायी रमेश ठकुरीले बताए ।

पोखरा महानगरका इञ्जिनीयर सुरेन्द्र पौडेलले खरीद नियमावलीअनुसार यो आयोजनाका लागि वैशाख ३० गतेसम्म म्याद भएको जानकारी दिए । कालोपत्र सडकमा मिलाएर कटिङ गर्नुपर्ने भएकाले पनि निर्माणमा ढिलाइ भएको हुन सक्ने उनले बताए । निर्माण कम्पनीले डोरी वा ट्राफिक कोन राखेर काम गरिरहेको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro