ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

विदेश जाने युवालाई ‘मित्र धनुषा’ले सहजीकरण गर्ने

२०७९ माघ, ८  
मधेश प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । नेपालबाट विदेश जान लागेका युवालाई बैंकबाट सहज रूपमा कर्जा उपलब्ध गराउन सेवा प्रदायक संस्था मित्र धनुषाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत सहजीकरण गर्ने भएको छ । स्वीस सरकारको सहयोगमा नेपालमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ ।

उक्त कार्यक्रम धनुषाका जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनौजी गाउँपालिकामा सञ्चालनमा रहेको कार्यक्रमका स्ययम्सेवक वसन्त कर्णले बताए । विदेश जान आर्थिक स्रोत जुटाउन नसक्ने युवालाई लक्ष्मी बैंकबाट प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ कर्जा उपलब्ध गराउन कार्यक्रममार्फत पहल गरिने जानकारी उनले दिए ।

‘सामीमार्फत जनकपुरधाम उपमहानगरपालिकाका १५ जना युवालाई २२ लाख ५० हजार रुपैयाँ उक्त बैंकबाट कर्जास्वरूप उपलब्ध गराउन सहजीकरण गरिँदै छ,’ उनले भने । विदेश जाने युवालाई सही सूचना र परामर्श समेत दिने गरिएको उनले बताए । कार्यक्रमले उनीहरूलाई रोजगारमूलक शीप तालीम दिएर विदेश जान मद्दत गर्ने गरेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro