ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कुमारी बैंक र माया लाउञ्जबीच सम्झौता

२०७९ माघ, ८  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । कुमारी बैंक र माया लाउञ्ज एण्ड रेस्ट्रोबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई माया लाउञ्ज एण्ड रेस्ट्रोका सेवाहरूमा छूट दिने सम्बन्धमा दुईपक्षीय सम्झौता गरिएको हो ।

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न माया लाउन्ज एण्ड रेस्ट्रो सेवाहरूमा छूट उपलब्ध गराउन सम्झौता गरिएको बैंकको भनाइ छ । सम्झौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रेस्ट्रोका माछापोखरी र मध्यबानेश्वर शाखाबाट खाना र पेयपदार्थमा १० प्रतिशत छूट पाउनेछन् । त्यस्तै विभिन्न भेला तथा समारोहमा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले ३०४ शाखा, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ र ४८ एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro