ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

गंगानगर दुग्ध उत्पादक सहकारीको अध्यक्षमा पुन: सापकोटा

२०७९ माघ, ८  
बागमती प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद सापकोटा पुन: चयन भएका छन् । संस्थाको २९औं साधारणसभा तथा ९औं अधिवेशनबाट अध्यक्षमा सापकोटासहित ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

निर्वाचन अधिकृत रामजीप्रसाद सापकोटाका अनुसार संस्थाको उपाध्यक्षमा उमराज सिग्देल चयन भएका छन् । सदस्यहरूमा माधवराज थपलिया, विष्णुमाया सापकोटा, सुमित्रा अधिकारी,  छायादत्त पराजुली, सूर्यप्रकाश महतो, बोधराज सापकोटा, डम्बरबहादुर थापा, विश्वराज सापकोटा र शिला घिमिरे चयन भएका छन् ।

संस्थानको प्रावधानअनुसार नवनिर्वाचित समितिले २०८३ सालसम्म काम गर्नेछ । अध्यक्ष सापकोटाले सहकारीको उत्पादन ‘गंगा’ ब्राण्डलाई नेपालभर विस्तार गर्न आफू लागिपर्ने बताए । ‘पहिलो कार्यकालमा संस्था खोल्न र बजारीकरण गर्न शुरू भएको छ,’ उनले भने, ‘अब यसलाई देशभर पुर्‍याउन लागिपर्नेछु ।’

दूध व्यवसायमा सक्रिय रहेका किसानलाई व्यावसायिक बनाउन सक्दो पहल गर्ने उनको भनाइ थियो । २०४९ सालमा स्थापना भएको यस सहकारीले किसानको दूध संकलन र ‘गंगा’ ब्राण्डको दूध तथा दुग्ध परिकार उत्पादन तथा बजारीकरण गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro