काठमाडौं। अर्ग्यानिक खानासहितको रिडी लाउञ्ज सञ्चालनमा आएको छ । ललितपुरको जावलाखेलस्थित ताम्रकार समाजको भवनमा लाउञ्ज सञ्चालनमा आएको हो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । रिडी ग्रूपका अध्यक्ष मानबहादुर बुढा, लोकगायिका कविता आलेसहित लाउञ्जका शेयरधनी र सञ्चालकहरूको उपस्थितिमा लाउञ्ज उद्घाटन गरिएको हो । लाउञ्जमा रिडी ग्रूपको मुख्य लगानी छ । त्यसबाहेक २९ जनाले लगानी गरेका छन् ।
लाउञ्जमा एकैपटकमा १५० जनालाई खाना/खाजा खुवाउन सक्ने क्षमता रहेको सञ्चालकले बताएका छन् । लाउञ्जका अध्यक्ष झकेन्द्र घर्तीमगरले अर्ग्यानिक खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित लाउञ्ज सञ्चालनमा ल्याएको बताए ।