ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

वीरगञ्जबाट आयात १५ र निर्यात ६२ प्रतिशतले घट्यो

२०७९ माघ, ८  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज नाकाबाट आयात निर्यात दुवै कारोबार घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि पुससम्ममा यो नाकाबाट आयात र निर्यातको परिमाण घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको हो । आव २०७८/७९ को पहिलो ६ महीनाको तुलनामा यसपालि आयात १५ दशमलव ३ र निर्यात ६२ दशमलव ७ प्रतिशतले घटेको छ । गत आवको पहिलो ६ महीनामा ३ खर्ब ४८ अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको थियो । यो वर्षको उक्त अवधिमा २ खर्ब ९५ अर्ब रुपैयाँको सामान आयात भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए ।

यो वर्ष निर्यात स्वात्तै घटेको छ । गतवर्षको समीक्षा अवधिमा ५५ अर्ब रुपैयाँबराबरको निकासी भएकोमा यो वर्ष २० अर्ब रुपैयाँमा खुम्चिएको छ । अघिल्ला वर्षहरूमा नेपालबाट प्रशोधित खानेतेलको निकासी उल्लेख्य परिमाणमा हुँदै आएको थियो । भारतले अन्य देशबाट तेल आयातमा उच्चदरको सीमा शुुुल्क लगाउँदा नेपालबाट तेल निकासी हुन्थ्यो ।

तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधित तेल भारत निकासी हुँदै आएकोमा यो वर्ष निकासी हुन सकेको छैन । भारतले तेल आयातमा शून्य भन्सार नीति लिएपछि भन्सार राजस्व अन्तरको फाइदा उठाएर भइरहेको निकासी घटेको हो । वीरगञ्ज नाकाबाट मुख्यरूपमा जुत्ता, धागो, जुसलगायत उत्पादन निर्यात हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro