ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhi

कृति भेन्चरको ४० % हकप्रद शेयर विक्रीमा, प्रिमियम मूल्यमा पनि शेयर जारी गर्ने योजना

२०७९ माघ, ८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ ।

कम्पनीले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर पुस ३० गतेदेखि विक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको उक्त हकप्रद शेयर खरीदका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर खरीदका लागि कम्पनीको रजिष्टर्ड कार्यालय बागदरबार, काठमाडौंबाट दरखास्त फारम लिई बैंकमा रकम जम्मा गरेको भौचरसमेत राखी पठाउनुपर्नेछ ।

यस कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयर जारी गर्ने प्रस्तावसहित माघ २२ गते विशेष साधारण सभा बोलाएको छ ।  गत माघ ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro